Kathmandu Press

‘लोकल रक्सीलाई करको दायरामा ल्याउनुपर्छ र गाँजा खेती खुलाउनुपर्छ’

कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले शुक्रबार राष्ट्रिय सभा प्रादेशिक समयमा बोल्दै आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जनका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने धारणा राखेकी हुन्।
‘लोकल रक्सीलाई करको दायरामा ल्याउनुपर्छ र गाँजा खेती खुलाउनुपर्छ’

काठमाडौं, चैत १६ : राष्ट्रिय सभामा लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने विषयमा कुरा उठेकाे छ।

कांग्रेस सांसद विष्णुकुमारी सापकोटाले शुक्रबार राष्ट्रिय सभा प्रादेशिक समयमा बोल्दै आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जनका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने धारणा राखेकी हुन्।

Hardik ivf

पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने गरेकाे उनले बताइन्। ‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ। कोदाको रक्सी बन्छ,' उनले भनिन्, 'त्यो कोदाको पियोर रक्सी हातखुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ।’

तर स्थानीय प्रशासनले रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दे उनले असन्तुष्टि जनाइन्। कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको उनले सुनाइन् ।

त्यसैगरी गाँजा औषधिको रुपमा प्रयोग हुने, गाँजाको बोट धागोका लागि प्रयोग हुने बताउँदै सांसद सापकोटाले त्यसकाे खेती खुलाउनुपर्ने प्रस्ताव राखिन्। ‘गाँजा हाम्रो सम्पत्ति हो। यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौं। आर्थिक आम्दानी गर्न सक्छौं,’ उनले भनिन्।

प्रकाशित मिति: १६:४० बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्