Kathmandu Press

देउवाद्वारा कांग्रेसका दिवंगत नेता खड्काको सालिक अनावरण

देउवाले आज दाङको लमही नगरपालिका ९ अमेलियामा निर्मित खड्काको पूर्णकदको सालिक अनावरणका गरेका हुन्। पूर्वगृहमन्त्रीसमेत रहेका खड्काको २०७४ चैत १६ गते निधन भएको थियो।
देउवाद्वारा कांग्रेसका दिवंगत नेता खड्काको सालिक अनावरण

दाङ, चैत १६ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले  कांग्रेसका दिवंगत नेता खुमबहादुर खड्काको सालिक अनावरणका गरेका छन्।

देउवाले आज दाङको लमही नगरपालिका ९ अमेलियामा निर्मित खड्काको पूर्णकदको सालिक अनावरणका गरेका हुन्। पूर्वगृहमन्त्रीसमेत रहेका खड्काको २०७४ चैत १६ गते निधन भएको थियो।

Hardik ivf

खड्काको स्मृति दिवस पारेर सालिक अनावरण गर्न देउवा दाङ आइपुगेका हुन्। उनी आजै काठमाडाैं फर्किनेछन्।

२८ वर्ष हुँदा पार्टी केन्द्रीय सदस्य भएका खड्का २०५२ सालमा गृहमन्त्री भएका थिए। खड्का २००८ जेठ १२ गते दाङको भैंसापथरामा जन्मेका थिए। खड्कका श्रीमती, एक छोरा र एक छोरी छन्। 

उनका छोरा अनुराग खड्का दाङ १ प्रदेशसभा २ बाट निर्वाचित छन्।

प्रकाशित मिति: १६:०५ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्