Kathmandu Press

भारतबाट आएका नागरिकलाई अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’

काठमाडौं, चैत ९ : भारतबाट आउने नेपाली नागरिकले अब अनिवार्य रुपमा ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ। यसको व्यवस्था मिलाउन सरकारले नि....

भारतबाट आएका नागरिकलाई अनिवार्य ‘सेल्फ क्वारेन्टाइन’

काठमाडौं, चैत ९ : भारतबाट आउने नेपाली नागरिकले अब अनिवार्य रुपमा ‘सेल्फ क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ। यसको व्यवस्था मिलाउन सरकारले निर्देशन दिएको छ।

आइतबार गृह मन्त्रालयले परिपत्र जारी गर्दै भारतबाट आएका नेपाली नागरिकलाई अनिवार्य रुपमा ‘सेल्फ क्वारेन्टाइन’ बस्ने व्यवस्था मिलाउन स्थानीय प्रशासन निर्देशन दिएको हो। त्यसको निगरानी नेपाल प्रहरी र सशस्त्र प्रहरीले गर्नेछन्।

गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको परिपत्रमा भारतबाट आएका नेपाली नागरिकलाई सेल्फ क्वारेन्टाइनमा राख्ने गर्ने व्यवस्था मिलाउन भनिएको छ। उनीहरू सेल्फ क्वारेन्टाइनमा बसे/नबसेको अनुगमन गर्ने नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई पनि परिपत्र गरिएको गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए।

कोरोना भाइरस संक्रमणको त्रास बढेसँग भारतबाट नेपाली फर्किन थालेका छन्। केही दिनयता भारतसँग जोडिएका नाकामा घुइँचो देखिएको छ। भारतमा संक्रमण देखिएको र त्यो नेपालमा पनि फैलिनसक्ने भएकाले सतर्कताका लागि निर्देशन दिइएको अधिकारीले बताए।

अब सीमा नाकामै भारतबाट आउने नेपाली नागरिकको विवरण संकलन गरिनेछ। जसमा उनीहरू कहाँबाट आएको हो, कुन जिल्ला र स्थानीय तह जाने लागकेो हो, स्वास्थ्य अवस्था कस्तो छ? लगायतका विषय संकलन गरिनेछ। त्यो विवरण सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई पठाइनेछ।

उनीहरू भारतबाट आएकापछि सेल्फ क्वारेन्टाइनमा बसे÷नबसेको नेपाल प्रहरी र सशस्त्र प्रहरीले निगरानी गर्ने जनाएको छ। सेल्फ क्वारेन्टाइनमा नबसेको भेटिए कारबाही गरिने सहप्रवक्ता अधिकारीले बताए।

प्रकाशित मिति: १४:२० बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्