Kathmandu Press

विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विहीबार विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात गरिएको थियो।
विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ 

काठमाडौं, चैत १६ : विशेष अदालतमा अनलाइन प्रणालीबाट मुद्दाको सुनुवाइ प्रारम्भ भएको छ। 

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा विहीबार विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहसको सुरुवात गरिएको थियो।

Hardik ivf

आगामी आइतबारदेखि अनलाइन प्रणालीमार्फत सुनुवाइ नियमित रुपमा अघि बढाइने भएको छ। अनलाइन प्रणालीमार्फत सुनुवाइ हुँदा काठमाडौं बाहिरका सेवाग्राहीहरुलाई सहज हुने अपेक्षा विशेष अदालतको छ। कानुन व्यवसायीले अब मुद्दाका पक्षको तर्फबाट आफ्नो फर्मबाट पनि बहसपैरवी गर्न सक्ने छ। 

भर्चुअल बहस गर्न चाहने कानुन व्यवसायीहरुले अदालतलाई अग्रिम जानकारी गराउनुपर्ने र त्यसपछि अनलाइन बहसका लागि युजरनेम र पासवर्ड दिने प्रवन्ध मिलाइएको छ।

कानुनव्यवसायीले गरेको बहस अदालतले आफ्नो प्रणालीभित्र रेकर्ड गर्ने व्यवस्था समेत गरेको छ। सरकारी वकिलले पनि आफ्नै कार्यालयबाट बहस गर्न सक्ने छन्। अदालतमै उपस्थित हुन चाहने कानुन व्यवसायीले भने नियमित प्रक्रिया अनुसार नै बहस गर्न सक्नेछन्।

अदालतमा नयाँ प्रविधिको विकासपछि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरणलगायत मुद्दामा काठमाडौं बाहिरका सेवाग्राहीलाई समेत अदालतमा आउनुपर्ने दुःख हट्नेछ। 
 

प्रकाशित मिति: १५:३६ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्