‘मार्चपास’ गर्दै इजरेली दूतावास अगाडि चिकित्सक र स्वास्थ्यकर्मीको प्रदर्शन
चिकित्सक र स्वास्थ्यकर्मीले शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै लाजिम्पाटस्थित इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्।
काठमाडौं, चैत १६ : इजरायलले प्यालेस्टाइनमा कार्यरत स्वास्थ्यकर्मी माथि क्रूर दमन र मानवता विरुद्धको अपराध गरेको भन्दै नेपाली चिकित्सक र स्वास्थ्यकर्मीले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
चिकित्सक र स्वास्थ्यकर्मीले शुक्रबार टिचिङ अस्पतालबाट मार्च पास गर्दै लाजिम्पाटस्थित इजरायल दूतावास अगाडि प्रदर्शन गरेका हुन्। शान्तिपूर्ण प्रदर्शनका लागि जारी गरिएको विज्ञप्तिमा इजरायल सरकारले प्यालेस्टाइनका नागरिक माथि कुर बर्बरता देखाएको भन्दै भत्र्सना गरिएको छ।
विज्ञप्तिमा नेपाली चिकित्सक, नर्स, जनस्वास्थ्यकर्मी र अन्य विभिन्न स्वास्थ्य क्षेत्रमा काम गर्ने सबै नेपाली तर्फबाट विरोध रहेको उल्लेख छ। गत अक्टोबर ७ देखि गाजामा सुरु भएको इजरायली कारबाहीमा ६८५ स्वास्थ्यकर्मीको मृत्यु भएको र हजारौँ घाइते भएको जनाइएको छ।
प्रकाशित मिति: १५:१४ बजे, शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












-1755255383.jpg)