Kathmandu Press

पार्टी निर्णयविपरित शैलेन्द्रमान मन्त्री बनेपछि हानेपाको विवाद उत्कर्षमा 

बज्राचार्य मन्त्री बनेपछि हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले कारबाहीको चेतावनी दिएका छन्। घिमिरेले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेकोसमेत बताए।
पार्टी निर्णयविपरित शैलेन्द्रमान मन्त्री बनेपछि हानेपाको विवाद उत्कर्षमा 

मकवानपुर, चैत १६ : हाम्रो नेपाली पार्टी (हानेपा) का सांसद शैलेन्द्रमान बज्राचार्य बागमती प्रदेश सरकारमा मन्त्री बनेको बिषयलाई लिएर उक्त पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ। 

बज्राचार्य मन्त्री बनेपछि हानेपाका अध्यक्ष अनन्तराज घिमिरेले कारबाहीको चेतावनी दिएका छन्। घिमिरेले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन्। बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेकोसमेत बताए।

Hardik ivf

बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए। उनी संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त भएका छन्। हानेपाले केही दिनअघिसरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। पार्टी  निर्णय विपरीत बज्राचार्य मन्त्री बनेपछि कारबाहीको तयारी भएको हो। 

पत्रकार सम्मेलनमा अध्यक्ष घिमिरेले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र सम्पर्क समेत हुन नसकेको बताएका छन्। हानेपाले शालिकराम जम्कट्टेल नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिनेगरी गत मंगलबार निर्णय लिएको थियो। उक्त पार्टीले यसअघि ४ चैतमा उक विज्ञप्ति जारी गर्दै मुख्यमन्त्रीमा दाबी रहेको बताएको थियो।
 
प्रकाशित मिति: १३:५६ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्