Kathmandu Press

शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने

नेपालले असंलग्न अभियानमा संलग्न भई आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा महासभामा साइडलाइन वार्ता भएको उनले  जानकारी दिए।  
शान्ति, सद्भावका लागि संसदीय कूटनीति प्रभावकारी बनाइने
Hardik ivf

काठमाडौं, चैत १६ : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विश्वमा शान्ति, सद्भाव र जलवायु परिवर्तनका कारण परेको प्रभाव न्यूनीकरणका लागि संसदीय कूटनीतिलाई प्रभावकारीरुपमा अघि बढाइने बताएका छन्।

स्वीट्जरल्याण्डको जेनेभामा भएको अन्तर–व्यवस्थापिका सङ्घ (आइपियु) को एक सय ४८औं महासभामा सहभागी भई आज स्वदेश फिर्ता भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै सभामुख घिमिरेले नेपालले भौगोलिक र क्षेत्रीय चुनौतीको सामना गरी जलवायु परिवर्तनको असरबाट जोगिन भूमिका निर्वाह गर्ने विषयमा छलफल भएको बताए। नेपालले असंलग्न अभियानमा संलग्न भई आफ्नो भूमिकालाई प्रभावकारी बनाउने विषयमा महासभामा साइडलाइन वार्ता भएको उनले  जानकारी दिए।    
    
यही चैत १० देखि १४ गतेसम्म संघको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन भएको महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल यही चैत ८ गते त्यसतर्फ प्रस्थान गरेको थियो। महासभामा सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीका लागि सेतु निर्माण’ विषयमा संघीय संसद्कातर्फबाट सम्बोधन गरेका थिए।

प्रकाशित मिति: १३:०९ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्