Kathmandu Press

स्वीट्जरल्यान्ड भ्रमणले संसदीय समितिको काममा असर परेको छैन : सभामुख

‘संसदीय गतिविधिहरु संसदीय समितिमार्फत बैठकहरु गर्ने, त्यहाँ आएका विधेयकहरुमाथि छलफलहरु चलाउने कामहरु भइरहेकै थियो,’उनले १० दिनसम्म संसद रोकिंदा त्यसले विषयत समितिका कार्य अलपत्र नपरेको दाबी गरे।
स्वीट्जरल्यान्ड भ्रमणले संसदीय समितिको काममा असर परेको छैन : सभामुख

काठमाडौं, चैत १६ : १० दिन लामो स्वीट्जरल्यान्ड भ्रमणबाट फर्किएपछि उडेका सभामुख देवराज घिमिरेले आफ्नो भ्रमणलेसंसदीय गतिविधिहरुमा असर नपरेको बताएका छन्।

जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय ४८औँ महासभामा सहभागी भएर आज स्वदेश स्वदेश फर्किका छन्।

Hardik ivf

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गर्दै सभामुख घिमिरेले ले १० दिन संसद रोकिंदा त्यसले संसदीय गतिविधिमा असर नपुगेको जिकिर गरे। उनले आफू जेनेभामा हुँदा पनि आवश्यकताअनुसार सल्लाह र छलफल गरेको बताए।

‘संसदीय गतिविधिहरु संसदीय समितिमार्फत बैठकहरु गर्ने, त्यहाँ आएका विधेयकहरुमाथि छलफलहरु चलाउने कामहरु भइरहेकै थियो,’उनले १० दिनसम्म संसद रोकिंदा त्यसले विषयत समितिका कार्य अलपत्र नपरेको दाबी गरे।

‘समितिका विधेयकहरु जसरी अलपत्र परे भनेर तपाइँहरु बुझ्दै हुनुहुन्छ त्यस्तो अलपत्र केही परेको छै । विषयगत समितिमा रहेका विषयहरुमा छलफलहरु बहसहरु भइरहेका छन् । टुंगिएका जति विषयहरुलाई टुंग्याउँदै जाने र टुंगो लाग्न बाँकी रहेका कुराहरुलाई अब टुंग्याउने भन्ने गरी नै गइरहेको छ, त्यस्तो छैन,’ उनले भने, ‘हिजोपनि केही दिन सभा रोकिने केही दिन चल्ने हुन्थ्यो अब पनि त्यही क्रममा राष्ट्रिय सभा पनि चल्ने क्रममै छ।’

घिमिरेले आईपीयूको महासभामा विश्वको हालको परिस्थितिमा सांसदहरुको डिप्लोमेसीले सद्भाव र शान्ति विकास गर्न के गर्न सकिन्छ र त्यसको महत्व के छ भन्ने विषयमा प्रभावकारी रुपमा आवाज उठाएको बताएका छन्।

सभामा नेपालको तर्फबाट प्रभावकारी ढङ्गबाट सहभागिता जनाएको उल्लेख गर्दै घिमिरेले सभामा संसदहरुको डिप्लोमेसी, अहिलेको परिस्थितिमा डिप्लोमेसीले शान्ति र प्रगतिको लागि के कामहरू गर्न सकिन्छ ? सद्भाव र शान्ति विकास गर्नका लागि कसरी काम गर्ने ? यसको के महत्व छ ? भन्नेलगायतका विषयमा आधारित भएर छलफल गरेको जानकारी दिए।

१ सय ४२ भन्दा बढी देशका सांसदहरूको प्रतिनिधित्व रहेका सभामा नेपालले जलवायु परिवर्तनलगायतका विभिन्न ठाउँमा देखा परिरहेका समस्या समाधान गर्नलाई कूटनीतिक ढङ्गबाट सांसदले खेल्ने भूमिका बारेमा कुरा उठाएको उनले बताए।

प्रकाशित मिति: ११:२२ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्