Kathmandu Press

दक्षिण अफ्रिकामा तिर्थयात्री बोकेको बस दुर्घटना, ४५ जनाको मृत्यु

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
दक्षिण अफ्रिकामा तिर्थयात्री बोकेको बस दुर्घटना, ४५ जनाको मृत्यु
Hardik ivfHardik ivf

केप टाउन, चैत १६ : दक्षिण अफ्रिकामा तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ।

बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

पहाडमा ठोक्किर पुलबाट करिब ५० फिट तल खोँचमा बस खसेपछि आगलागी भएको थियो।

दुर्घटनामा घाइते एक ८ वर्षीया बालिकाको भने जीवितै उद्धार गरिएको छ । तर, उनको अवस्था गम्भीर रहेको छ।

घटनापछि त्यहाँ स्थलगत निरिक्षण गर्न पुगेकी यातायात मन्त्री सिन्दिसिवे चिकुंगाले बस दुर्घटनामा परी ज्यान गुमाएका परिवारप्रति समवेदना प्रकट गरेकी छन्।

 

प्रकाशित मिति: ११:१५ बजे, शुक्रबार, चैत १६, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्