सङ्घीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक बस्दै
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।काठमाडौं, चैत १६ : सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो सवा एक बजे सुरु हुनेछ ।
बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।
त्यस्तै अध्यक्षले राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउनेछन् ।
सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले “राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।
प्रकाशित मिति: ०८:४२ बजे, शुक्रबार, चैत १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारीआइतबार, वैशाख १६, २०८१
जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाईआइतबार, वैशाख १६, २०८१
बझाङमा हेलिकोप्टरबाट मतपेटिका ल्याइदै, दिउँसोबाट मतगणनाआइतबार, वैशाख १६, २०८१
‘सिफारिस लिएर आउनुस्, जुनै पालिकाको भए पनि गरिब र असहायको उपचार काठमाडौं महानगरले गर्छ’आइतबार, वैशाख १६, २०८१