Kathmandu Press

वाग्मतीमा सरकार विस्तार, बहुमतमा मुख्यमन्त्री जम्कट्टेल

हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।
वाग्मतीमा सरकार विस्तार, बहुमतमा मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, चैत १५ : वाग्मती प्रदेश सरकार विस्तार भएको छ। मुख्यमन्त्री शालिकराम जम्कट्टेलले २ सिट रहेको हाम्रो नेपाली पार्टीलाई बिहीबार साँझ सरकारमा सहभागी गराउँदै सरकार विस्तार गरेका हुन्।

हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले संस्कृति पर्यटन तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ पनि लिएका छन्।

Hardik ivf

बज्राचार्य सरकारमा सहभागी भएसँगै जम्कट्टेल नेतृत्वको सरकारले पुनस् बहुमत प्राप्त गरेको छ।

मंगलबार मात्र यस दलले हालको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जनाएको थियो । जसका कारण वर्तमान माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको थियो ।

एमाले नेतृत्वको सत्ता गठबन्धन निर्माण भएसँगै वाग्मतीमा जम्कट्टेल नेतृत्वको सरकारलाई बहुमतका लागि १ मतको आवश्यकता रहेको थियो । हानेपासँग दुई सांसद रहेका छन्।

गत फागुन २३ मा कांग्रेसले आफ्ना ६ जना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि जम्कट्टेललाई विश्वासको मत लिनुपर्ने बाध्यात्मक अवस्था छ ।

प्रकाशित मिति: २०:२९ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्