Kathmandu Press

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले पहिलो पटक बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं, चैत ९ : मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री के पी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन्। आइतबार बोलाएको बैठकमा हालसम्मको काम....

मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्रीले पहिलो पटक बोलाए मन्त्रिपरिषदको बैठक

काठमाडौं, चैत ९ : मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री के पी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद बैठक बोलाएका छन्। आइतबार बोलाएको बैठकमा हालसम्मको कामबारे समिक्षा हुने स्रोतले जनाएको छ।

प्रधानमन्त्री अस्पताल जानु अघि फागुन १८ गते बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा नेपालमा कोरोना संक्रमण फैलन नदिन उच्चस्तरीय समन्वय समिति गठन गरेको थियो। हाल सोही समितिको कार्य योजन अनुरुप काम भइरहेको छ।

यसबीचमा प्रधानमन्त्रीले कोरोना संक्रमणको रोकथाम गर्न राष्ट्रको नाममा सम्बोधनसमेत गरिसकेका छन्।

प्रधानमन्त्रीलाई संक्रमणबाट जोगिन जमघट तथा छलफल र बैठक नगर्न चिकित्सकले दिएको सुझाव अनुरुप मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन। बैठकमा अन्य मन्त्रीहरुको भन्दा प्रधानमन्त्रीको कुर्सी केही टाढा राखिएको छ।

आजको बैठकले कोरोना भाइरसको संक्रमणबारे केही महत्वपूर्ण निर्णय गर्ने स्रोतले जनाएको छ।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्