Kathmandu Press

‘काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’

‘पद त मेरो सुरक्षित थियो । तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्, सुशासन र विकास निर्माणलाई अझ तीव्र गर्न सकियोस भन्ने मान्यतालाई मात्रै हो, त्यो पनि गर्न सकिएन भने पद ओगटीराख्नुको औचित्य पनि पुष्टि हुँदैन त्यो कुरामा म सचेत छु।’
‘काम गर्न नसके मैले अर्को उथलपुथल गर्न बेर लाउँदिन’

काठमाडौं, चैत १५ : प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता समीकरण नयाँ बनाएपछि संघीयताको कार्यान्वयन, विकास निर्माण र सुशासनका लागि काम गर्न नसके आफूले पद ओगटेर नबस्ने प्रष्ट्याएका छन्।

राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई बिहीबार सम्बोधन गरेका दाहालले सुशासन र विकासको काम अगाडि बढाउनुपर्नेमा जोड दिँदै पदका लागि नयाँ समीकरण नबनाएको जिकिर गरे।

Hardik ivf

‘मैले भन्ने गरेको कामै गर्न नसक्ने स्थिति भयो भने पद ओगटेर बसिराख्न जरुरी हुँदैन। मैले जनतालाई पनि भनेको छु । अहिले पनि पदको सुरक्षाको लागि समीकरण अर्को बनाएको पनि होइन,’ उनले भने, ‘पद त मेरो सुरक्षित थियो । तर, काम अझै तीव्र गतिमा गर्न सकियोस्, सुशासन र विकास निर्माणलाई अझ तीव्र गर्न सकियोस भन्ने मान्यतालाई मात्रै हो, त्यो पनि गर्न सकिएन भने पद ओगटीराख्नुको औचित्य पनि पुष्टि हुँदैन त्यो कुरामा म सचेत छु।’
 
दाहालले आफूले काम गर्न नसके अर्को उथलपुथल गर्न सक्ने चेतावनी पनि दिए।

‘अहिले समीकरण चेन्ज भएको छ, त्यसलाई गण्डकीको मुख्यमन्त्रीज्यूले उथलपुथलकारी कदम भनिदिनुभयो। उथलपुथल त मैले भनेको थिएँ । म साँचै भन्छु कुनै पनि काम अगाडि बढ्न सकेन भने मैले अर्को उथलपुथल गर्न बेर लाग्दैन । त्यो अरूलाई भनेको होइन । मेरै लागि भनेको हो,’ उनले भने।

प्रधानमन्त्री दाहालले संघीयताको पक्षमा संघर्ष गर्नेको साथ नपाएको भए संघीय निजामती ऐन टेबुल नहुने, प्रहरी समायोजन ऐन कार्यान्वयनको वर्तमान अवस्थामा आइनपुग्ने उल्लेख गर्दै देशमा विकास र संघीयता कार्यान्वयनको सम्भावना रहेको बताए।

प्रकाशित मिति: १८:२३ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्