Kathmandu Press

सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

घुमुवा प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सादा पोसाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई परिपत्र गरेको हो ।
सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन

काठमाडौं, चैत १५ : सूचना संकलनका लागि भनेर सादा पोसाकमा प्रहरी परिचालन नगर्न निर्देशन दिइएको छ। प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई त्यस्ताे निर्देशन दिएको हाे।

घुमुवा प्रहरी गैर-व्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको गुनासो आएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सादा पोसाकका प्रहरी तत्काल हटाइ युनिर्फममा जिम्मेवारी दिन निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयलाई परिपत्र गरेको हो ।

Hardik ivf

‘हाल परिचालन गरिएका सादा पोशाकका प्रहरी कर्मचारीलाई -अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक_ तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिइ निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनु हुन निर्देशानुसार अनुरोध छ,’ परिपत्रमा भनिएको छ ।

प्रहरी प्रधान कार्यालयले जिम्मेवारी परिवर्तन गरिएका प्रहरी कर्मचारीको नामावली दुई घण्टाभित्रै पठाउन पनि मातहतका निकायलाई निर्देशन दिएको छ। प्रधान कार्यालयले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरी, सातै वटा प्रदेश प्रहरी कार्यालय र सातै वटा नेपाल प्रहरी प्रदेश कार्यालयलाई परिपत्र गरेको हो।

प्रकाशित मिति: १७:४४ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्