Kathmandu Press

बागमतीमा सरकार बचाउन हानेपालाई संस्कृति मन्त्रालय

केन्द्रकाे सत्ता समीकरण बदलिएसँगै धर्मराएकाे आफ्नो सत्ता टिकाउन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरी बज्राचार्यलाई मन्त्री बनाउने तयारी गरेका हुन्।
बागमतीमा सरकार बचाउन हानेपालाई संस्कृति मन्त्रालय

काठमाडौं, चैत १५ : हाम्रो नेपाली पार्टी (हानेपा) का शैलेन्द्रमान बज्राचार्यलाई संस्कृति, पर्यटन तथा सहकारीमन्त्री बनाउने तयारी गरिएकाे छ।

केन्द्रकाे सत्ता समीकरण बदलिएसँगै धर्मराएकाे आफ्नो सत्ता टिकाउन बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरी बज्राचार्यलाई मन्त्री बनाउने तयारी गरेका हुन्।

Hardik ivf

बागमतीमा यो पार्टीसँग २ सिट मात्र भए पनि भूमिका भने निर्णायक छ। हानेपा सरकारमा सहभागी हुँदा अहिलेको सत्ता गठबन्धनसँग बहुमत हुनेछ। अहिलेको सत्ता गठबन्धनलाई हानेपा नहुँदा बहुमतका लागि एक सिट अपुग हुन्छ।

हानेपाका एक नेताका अनुसार बज्राचार्य आजै मन्त्री बन्नेछन्। हानेपाले चैत ९ मा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर हानेपालाई गठबन्धनमा टिकाइराख्न बज्राचार्यलाई मुख्यमन्त्री जम्कट्टेलले मन्त्री नियुक्त गर्न लागेका हुन्।

बज्राचार्यले साँझ साढे ६ बजे शपथ लिने कार्यक्रम तय भएको स्राेतका भनाइ छ।

प्रकाशित मिति: १७:१९ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्