Kathmandu Press

एमडिएमएस खरिद प्रकरणमा २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको हो।
एमडिएमएस खरिद प्रकरणमा २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं, चैत १५ : मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) खरिद प्रक्रियामा अनियमितता गरेको अभियोगसहित दूरसञ्चार प्राधिकरणका दुई पूर्वअध्यक्षसहित २० जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

उनीहरुविरुद्ध ९१ करोड ९८ लाख ३० हजार ८८२ रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दर्ता भएको हो। अख्तियारले प्राधिकरणका पूर्वअध्यक्षद्वय पूरुषोतम खनाल र दिगम्बर झासहित प्राधिकरणका दुईजना पूर्वअध्यक्ष, एकजना पूर्व वरिष्ठ निर्देशक, तीनजना बहालवाला निर्देशकहरूसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ।

Hardik ivf

प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाइएको छ। यस्तै एमडीएमएस घोटाला प्रकरणमा प्राधिकरणका वर्तमान निर्देशक दीपेश आचार्य, सुरेन्द्र हाडा र अच्युतानन्द मिश्रविरुद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरिएको छ। 

यस्तै प्राधिकरणका आन्तरिक लेखापरीक्षण शाखाका उपनिर्देशक सुरेश बस्नेत, अनुमतिपत्र व्यवस्थापन शाखाका उपनिर्देशकद्वय कविन्द्र मल्ल र सन्दीप अधिकारी, योजना तथा व्यवस्थापन सूचना प्रणाली शाखाका उपनिर्देशक रेवतीराम पन्थलाई पनि भ्रष्टाचारमा प्रतिबादी कायम गरिएको छ। 
 

प्रकाशित मिति: १७:०५ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्