Kathmandu Press

‘पर्यटन क्षेत्रमा लगाइएको अतिरिक्त करमा सरकारले पुनर्विचार गर्नुपर्छ’

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले विभिन्न क्षेत्रमा लगाइएको अतिरिक्त करले पर्यटन क्षेत्रलाई असर गर्ने देखिएकाले अतिरिक्त करको पुर्नबिचार हुनुपर्ने बताएका हुन्।
‘पर्यटन क्षेत्रमा लगाइएको अतिरिक्त करमा सरकारले पुनर्विचार गर्नुपर्छ’

काठमाडाैं, चैत १५ : नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रमा सरकारले लगाएको अतिरिक्त करको पुनर्विचार हुनुपर्ने बताएका छन्।

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा अध्यक्ष ढकालले विभिन्न क्षेत्रमा लगाइएको अतिरिक्त करले पर्यटन क्षेत्रलाई असर गर्ने देखिएकाले अतिरिक्त करको पुर्नबिचार हुनुपर्ने बताएका हुन्।

Hardik ivf

गत बजेटले हवाइ टिकट र होटलको लक्जरी कर थप गरेका कारण पर्यटन क्षेत्रलाई निरुत्साहित गरेकाले यसलाई सच्चाउनुपर्ने उनले बताए। त्यस्तै ढकालले भारतीयहरुले विवाह समारोह देश बाहिर गर्ने गरेकाले नेपालमा त्यस्तो समारोह गर्ने गरि आकर्षित गर्नसक्नुपर्ने बताए।

नेपाल र भारतको खुला सिमाना कारण पनि बैवाहिक समारोहका लागि नेपाल आउने भारतीय पर्यटकहरुको संख्या बढाउन सके यस क्षेत्रले फड्को मार्ने उनको भनाइ छ। ढकालले पर्यटन बोर्डलाई प्रभावकारी बनाउदै निजि क्षेत्रलाई समेत समेटेर टाक्स फोर्स तयार गर्नुपर्ने सुझाव रहेको बताए।

समितिले पर्यटन तथा हवाई उड्ययन सम्बन्धी बिषयमा नेपाल उद्योग वाणिज्य महासंघसंग छलफल गरेको हो। यस बिषयमा पुन पर्यटनमन्त्रीसंग छलफल गरिने समिति सभापति राजकिशोर यादवले जानकारी दिए। 

प्रकाशित मिति: १६:५१ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्