Kathmandu Press

प्रहरीमा एक वर्षमा ५९ हजार उजुरी, बैंकिङ कसुरमा सबैभन्दा बढी

पछिल्लो एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलव्धीहरुका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ वर्षको अवधिमा ५९ हजार भन्दा धेरै उजुरी परेको जानकारी दिएका हुन्।
प्रहरीमा एक वर्षमा ५९ हजार उजुरी, बैंकिङ कसुरमा सबैभन्दा बढी

काठमाडाैं, चैत १५ : नेपाल प्रहरीले पछिल्लो एक वर्षमा देशभर ५९ हजार ६१ उजुरी परेको जनाएको छ।

पछिल्लो एक वर्षमा नेपाल प्रहरीबाट सम्पादित प्रमुख कार्य तथा उपलव्धीहरुका बारेमा जानकारी दिन बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले १ वर्षको अवधिमा ५९ हजार भन्दा धेरै उजुरी परेको जानकारी दिएका हुन्।

Hardik ivf

सबैभन्दा धेरै काठमाडौं उपत्यकामा १७ हजार ३ सय ९७ मुद्दा र सवै भन्दा कम कर्णाली प्रदेशमा १ हजार ९ सय ६५ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।

दर्ता भएका उजुरीमध्ये सवै भन्दा बढि बैंकिङ कसुर मुद्दामा १३ हजार २ सय ७७ उजुरी दर्ता भएको प्रवक्ता ढकालले बताए। सोही अवधिमा १३ हजार १ सय २२ जना फरार अपराधीहरुलाई नियन्त्रणमा लिइ सजायको लागि सम्बन्धीत अदालतमा पेश गरिएको उनले जानकारी दिए।

त्यस्तै नेपालमा अपराध गरि विदेश गई लुकेका १३ जना फरार अपराधीहरुलाई इन्टरपोलमार्फत पक्राउ गरि नेपाल ल्याइएको र १२ जनालाई रेडकर्नर नोटिस र एक जनालाइ डिफ्युजन नोटिस जारी गरिएको प्रहरीले जनाएको छ। त्यस्तै राजस्व संकलनतर्फ ६ अर्व ६३ करोड ३९ लाख ३२ हजार १ सय ७८ रुपैया जम्मा भएको प्रहरी प्रवक्ता ढकालले बताए।

नेपाल प्रहरीमा हाल ७९ हजार ५ सय ४१ मध्ये ७६ हजार २ सय ५२ जनशक्ति कार्यरत रहेका छन्। 

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्