मास्क र स्यानिटाइजर कालोबजारी गर्ने पक्राउ
जनकपुरधाम, चैत ९ : मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका जनकपुरका चार औषधी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्....

जनकपुरधाम, चैत ९ : मास्क र स्यानिटाइजरको कालोबजारी गरिरहेका जनकपुरका चार औषधी व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त अनुगमन टोलीले चारै जनालाई कालोबजारी गरिरहेको अवस्थामा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुस्मिता मेडिकलका सञ्जय साह, अटल फार्मेसीका अनिल यादव र प्रभन्स चौधरी तथा सम्पूर्ण मेडिकलका सञ्जय साह रहेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ गरिएका साहले मास्क, यादव र चौधरीले स्यानिटाइजर तथा साहले मास्कको कालोबजारी गरिरहेका थिए।
पक्राउ परेका चारै व्यवसायीमाथि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १२:४४ बजे, आइतबार, चैत ९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार








![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)

