Kathmandu Press

राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिइन् राजीनामा

अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। उनी नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षमा दाबेदार थिइन्।
राष्ट्रियसभा उपाध्यक्षबाट उर्मिला अर्यालले दिइन् राजीनामा
Hardik ivf

काठमाडौं, चैत १५ : राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले बुधबार राजीनामा दिएकी छन्। 

अर्यालले राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालसमक्ष राजीनामा पत्र बुझाएकी हुन्। उनी नेकपा माओवादी केन्द्रबाट राष्ट्रिय सभाको अध्यक्षमा दाबेदार थिइन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सभाको अध्यक्षमा आफ्ना भाइ नारायण दाहालालई बनाएपछि उनी असन्तुष्ट थिइन्।
 
प्रकाशित मिति: १४:५६ बजे, बिहीबार, चैत १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्