राप्रपाले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार बनाउने
बिहीबार बसेको राप्रपाको संसदीय समितिको बैठकले लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको हाे।
काठमाडौं, चैत १५ : वैशाख १५ गते हुने उपनिर्वाचनका लागि ताेकिएकाे चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता मिति नजिकिँदै गर्दा दलहरू उम्मेदवार टुंग्याउने गृहकार्यमा लागेका छन्।
यसैक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ मा लक्ष्मी गुरुङलाई उम्मेदवार चयन गरेको छ।
बिहीबार बसेको पार्टीको संसदीय समितिको बैठकले गुरुङलाई उम्मेदवार चयन गरेको हाे। उक्त क्षेत्रबाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २५ गते राति निधन भएपछि त्यहाँ उपनिर्वाचन गर्न लागिएको हाे।
एमालेले नेम्वाङकै छोरा सुहाङलाई उम्मेदवार चयन गरिसकेकाे छ। स्वतन्त्रबाट अन्य केहीले उम्मेदवारी घाेषणा गरिसकेका छन्।
प्रमुख दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भने उम्मेदवारको नाम टुंग्याउन बाँकी छ।
प्रकाशित मिति: १४:५० बजे, बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
