भारतमा अभ्यास खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ
बिहीबार काठमाडौंमा क्यानले आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायत क्यान पदाधिकारीहरुले नेपाली टोलीको बिदाइ गरेका हुन्।
काठमाडाैं, चैत १५ : एसिसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाइ गरिएको छ।
बिहीबार काठमाडौंमा क्यानले आयोजना गरेको कार्यक्रममा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ लगायत क्यान पदाधिकारीहरुले नेपाली टोलीको बिदाइ गरेका हुन्।
बिदाइ कार्यक्रममा राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले आगामी सिरिजको तयारी राम्रो भएको र भारतमा हुने अभ्यास खेलले थप उर्जा प्राप्त हुने बताए। उनले सरकारले घोषणा गरेको पुरस्कार आधा मात्रै पाएको भन्दै बाँकी रकम छिटै प्राप्त हुने विश्वास व्यक्त गरे। उनले आगामी वर्ल्डकपको तयारी पनि रामै भइरहेको जानकारी दिए।
त्यस्तै नेपाली राष्ट्रिय क्रिकेट टीमका मुख्य प्रशिक्षक मोन्टी देसाईले क्रिकेटको यो वर्ष निकै महत्वपूर्ण भएको र नेपालका लागि अवसर भएको बताए। उनले खेलकुदमन्त्रीबाट पनि निकै प्रोत्साहन पाएको बताए।
त्यस्तै युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलाडीलाई सरकारले दिने भएको पुरस्कारको रकम छिटै प्रदान गर्ने बताए। राष्ट्रिय एकतालाई कायम गर्न सक्ने माध्यम खेल क्षेत्र भएकाले सरकारले यस क्षेत्रलाई प्राथमिकतामा राख्ने उनको भनाइ छ। उनले खेल क्षेत्रको नितिगत सुधारका लागिरहेको धारणा राखे।
टि–२० विश्वकपको तयारी स्वरुप नेपाली टोली अभ्यास खेल खेल्न भारत जान लागेको हो। त्यसपछि नेपाली टोलीले एसीसी प्रिमियर लिग समेत खेल्ने छ।












