दैलेखबाट एसइईका एक नक्कली परीक्षार्थी पक्राउ
नारायण नगरपालिका-१ स्थित त्रिभुवन माविमा भाइको एसइई परीक्षामा दिने क्रममा महावु गाउँपालिका-१ गैडाबाजका प्रेम न्यौपाने पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ।
सुर्खेत, चैत १५ : दैलेख सदरमुकामबाट एसइईका एक नक्कली परीक्षार्थी पक्राउ परेका छन्।
नारायण नगरपालिका-१ स्थित त्रिभुवन माविमा भाइको एसइई परीक्षामा दिने क्रममा महावु गाउँपालिका-१ गैडाबाजका प्रेम न्यौपाने पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएकाे छ। उनले गैडाबाजका मावि रानीवनका विद्यार्थी सुनिलप्रसाद जैसीको ठाउँमा परीक्षा दिएकाे प्हरीकाे भनाइ छ।
त्रिभुवन मावि कक्षा १२ मा अध्ययनरत प्रेम नाताले सुनिलका दाइ हुन्। सुनिलका लागि प्रेम मुखमा मास्क लगाई परीक्षा हलमा गएकाे र प्रवेश पत्रको फोटो पछि टाँसेको पाइएपछि सोधखोज गर्दा नक्कली परीक्षार्थी भनी पत्ता लागेको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।
प्रकाशित मिति: १४:११ बजे, बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
