सुनको भाउ निरन्तर उकालोतिर, आज बन्याे नयाँ रेकर्ड
बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।काठमाडौं, चैत १५ : निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ। लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ। आज चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २० रुपैयाँले बढेर प्रतितोला एक हजार पाँच सय १० रूपैयाँ पुगेको महासंघले जनाएको छ।
बुधबार चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार भएको थियो।
प्रकाशित मिति: १३:२५ बजे, बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पर्थमा अस्ट्रेलियामाथि भारतको सानदार जितसोमबार, मंसिर १०, २०८१
पाइलटको हड्तालले अन्तर्राष्ट्रिय उडान प्रभावितसोमबार, मंसिर १०, २०८१
चीन भ्रमणमा कुनै ऋण सम्झौता हुँदैन : प्रधानमन्त्री ओलीसोमबार, मंसिर १०, २०८१
बालेनले हुलाक र इमेलबाट पठाए एमालेलाई जरिबानाको पत्र सोमबार, मंसिर १०, २०८१