Kathmandu Press

आरजुले गराइन् थाइराइडको शल्यक्रिया, स्वास्थ्य स्थिति सुधारोन्मुख

भारतकाे नयाँदिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा बुधबार आरजुको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिएका हुन्।
आरजुले गराइन् थाइराइडको शल्यक्रिया, स्वास्थ्य स्थिति सुधारोन्मुख

काठमाडौं, चैत १५ : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाले हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएकी छन्।

भारतकाे नयाँदिल्लीस्थित म्याक्स हस्पिटल साकेतमा बुधबार आरजुको शल्यक्रिया गरिएको उनका स्वकीय सचिव कमल रावलले जानकारी दिएका हुन्। शल्यक्रिया सफल भई स्वास्थ्य स्थिति सुधारोन्मुख रहेको रावलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएकाे छ।

Hardik ivf

उनी अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने परामर्श चिकित्सकहरूले दिएकाे विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिका अनुसार दुई वर्षयगता स्वास्थ्य समस्याका कारण आरजुले नयाँदिल्लीमा उपचार गराउँदै आएकी थिइन्। त्यसबारे चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराइ उनी उपचारका लागि दिल्ली गएको बताइएकाे छ।

arju-release-1024x1024-1711611431.jpg

प्रकाशित मिति: १३:२२ बजे, बिहीबार, चैत १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्