Kathmandu Press

सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

यसअघि बिनाविभागीय मन्त्रीका रूपमा रहेका उनले मन्त्रालयकाे पदभार ग्रहण गरेका छन्। हाल सुदूरपश्चिम सरकारमा उनीसहित नाउपाका पाँच मन्त्री छन्।
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी

धनगढी, चैत १५ : सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री कमलबहादुर शाहले चौधरीलाई आज उक्त जिम्मेवारी दिएका हुन्।

यसअघि बिनाविभागीय मन्त्रीका रूपमा रहेका उनले मन्त्रालयकाे पदभार ग्रहण गरेका छन्। हाल सुदूरपश्चिम सरकारमा उनीसहित नाउपाका पाँच मन्त्री छन्।

Hardik ivf

यसअघि नाउपा दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला र इन्दिरा गिरीलाई कृषि राज्यमन्त्रीको जिम्मेवारी दिइएकाे थियाे भने। रामेश्वर चौधरी भने त्यसअघिदेखि नै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको जिम्मेवारीमा छन्। नाउपाकै अर्का मन्त्री खुसीराम चौधरीको भने जिम्मेवारी तोकिएको छैन।

नाउपाको संस्थापक केन्द्रीय समितिको बैठकले बुधबार मात्र सुदूरपश्चिममा पनि एमाले-माओवादीसहितको सत्ता गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियाे। मुख्यमन्त्री शाहले बुधबार राति नाउपाका मन्त्रीहरूसँग छलफल गरी आज  बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेका हुन्।

ख्यमन्त्री शाहले प्रदेशसभामा आफ्नो बहुमत कायम राखिराख्न त्यसाे गरेका हुन्।

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, चैत १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्