Kathmandu Press

प्रचण्ड–देउवाबीचको भेटमा टिआरसी विधेयक र संसद अवरोधबारे छलफल

बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ।
प्रचण्ड–देउवाबीचको भेटमा टिआरसी विधेयक र संसद अवरोधबारे छलफल

काठमाडौं, चैत १५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविच भेटवार्ता भएको छ।

बिहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ।

Hardik ivf

‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको टीआरसी विधेयक पारित गर्ने सवालमा कुराकानी भयो,’ प्रधानमन्त्रीको सचिवालय स्रोतले भन्यो।

गत फागुन २१ गते कांग्रेस–माओवादीबीचको गठबन्धन टुटेपछि प्रधानमन्त्री दाहाल र देउवाबीच पहिलो पटक भेटवार्ता भएको हो। पछिल्लो समय कांग्रेसले प्रतिनिधि सभामा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरिरहेको छ। दाहाल गृहमन्त्रीको बचाउमा छन्।
 
प्रकाशित मिति: १२:५० बजे, बिहीबार, चैत १५, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्