Kathmandu Press

काेराेनाले मुम्बई र बिहारमा दुईको मृत्यु, पञ्जाब र राजस्थान ‘लक डाउन’

काठमाडौं, चैत ९ : कोरोना भाइरसको संक्रमण भारतमा पनि तिव्र रुपमा बढिरहेको छ। गएराति मुम्बईमा एक बृद्ध र पटनामा एक युवकको मृत्यु भएको छ।

भारती....

काेराेनाले मुम्बई र बिहारमा दुईको मृत्यु, पञ्जाब र राजस्थान ‘लक डाउन’

काठमाडौं, चैत ९ : कोरोना भाइरसको संक्रमण भारतमा पनि तिव्र रुपमा बढिरहेको छ। गएराति मुम्बईमा एक बृद्ध र पटनामा एक युवकको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार, मुम्बईमा ६५ वर्षीय बृद्धको कोरोना भाइरसको संक्रमणले मृत्यु भएको हो। उनी तीन दिन अघि अस्पताल भर्नाका थिए। उनी मधुमेहका रोगी थिए। महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या दुई पुगेको छ।

त्यस्तै, पटनामा पनि एक युवकको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उपचारका क्रममा ३८ वर्षीय युवकको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ।

त्यस्तै, भारतमा संक्रमितको संख्या पनि बढ्दै गएको छ। आइतबार मध्याह्नसम्म तीन सय ३४ जनामा संक्रमण देखिएको छ।

कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि भारतका केही राज्यले ‘लक डाउन’ गरेका छन्। राजस्थान र पञ्जाबले दुई साताका लागि ‘लक डाउन’ गरेका छन्।

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले ‘लक डाउन’मा सहयोग गर्न सर्वसाधारणलाई आह्वान गरेका छन्। यस अघि केही जिल्लामा मात्रै ‘लक डाउन’ गरिएको थियो।

त्यस्तै, राजस्थानले शनिबारदेखि नै ‘लक डाउन’को घोषणा गरेको थियो। मुख्यमन्त्री अशोक गलहोतले अत्यावश्यक सेवाबाहेक सबै बन्द गरेका हुन्।

 

 

प्रकाशित मिति: १२:३६ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्