Kathmandu Press

८ जना डीएसपी एसपीमा बढुवा सिफारिस

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।
८ जना डीएसपी एसपीमा बढुवा सिफारिस
Hardik ivf

काठमाडौं, चैत १५ : नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।  

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी प्रधान कार्यालयका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईका अनुसार डीएसपीहरु ढेकेन्द्र खतिवडा, अंगुर जीसी, यादव ढकाल, सन्तोष तामाङ, निरन्जन दत्त भट्ट, श्यामबाबु ओलिया, राजन लिम्बु र विनोद घिमिरेलाई एसपीमा बढुवाको लागि सिफारिस गरिएको छ।

प्रकाशित मिति: ०८:३५ बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्