आजको मौसम : तीन प्रदेशमा वर्षा
महाशाखाका अनुसार, अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
काठमाडौं, चैत १५ : नेपालमा पश्चिमी वायु तथा स्थानीयवायुको प्रभाव रहेको जलतथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमानमहाशाखाले जानकारी दिएको छ।
महाशाखाका अनुसार, अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ ।
बिहीबार दिउँसो देशका पहाडी भू–भागमाआंशिकदेखि साधारणतया बदली रहीबाँकी भू–भागमा आंशिक बदली रहने छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहितहल्का वर्षाको सम्भावना रहेको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: ०८:०७ बजे, बिहीबार, चैत १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)