Kathmandu Press

एसइई शुरु : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँचलाख परीक्षार्थी

बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँचलाख चार हजार चार सय १४ परीक्षार्थी सहभागीहुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । 
एसइई शुरु : दुई हजार ६४ केन्द्रमा परीक्षा, पाँचलाख परीक्षार्थी
Hardik ivfHardik ivf

काठमाडौं, चैत १५ : माध्यमिक शिक्षा परीक्षा (एसइई) आजदेखि सुरु भएको छ ।

बिहीबार बिहान ८ बजेदेखि सुरु भएको परीक्षाका लागि देशभर दुई हजार ६४ केन्द्र तोकिएका छन् । परीक्षामा देशभरका पाँचलाख चार हजार चार सय १४ परीक्षार्थी सहभागीहुने राष्ट्रिय परीक्षा बोर्डले जानकारी दिएको छ । 

काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दाकम एक–एक परीक्षा केन्द्र छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१, मनाङमा ४३ र मुस्ताङमा एक सय सात विद्यार्थी एसइईमा सहभागी हुँदै छन् । 

परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । २७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण हुनेछ । परीक्षण केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउने र नतिजा सार्वजनिक नहुँदासम्म सुरक्षा दिने जिम्मा प्रहरीकै रहने बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए । 

प्रकाशित मिति: ०८:०० बजे, बिहीबार, चैत १५, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्