Kathmandu Press

खानेपानी समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनिरहेकाे छ : मन्त्री राई

बुधबार काभ्रेमा बनेपा नगरपालिकाको ४३औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले मन्त्री राईले खानेपानीको समस्या देशभर रहेको भन्दै स्थायी रुपमा नै खानेपानी समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन्।
खानेपानी समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनिरहेकाे छ : मन्त्री राई

काठमाडाैं, चैत १४ : खानेपानीमन्त्री राजेन्द्रकुमार राईले मुलुकमा खानेपानीको समस्या रहेकाले समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका छन्। 

बुधबार काभ्रेमा बनेपा नगरपालिकाको ४३औँ स्थापना दिवस समारोहलाई सम्बोधन गर्दै मन्त्री राईले मन्त्री राईले खानेपानीको समस्या देशभर रहेको भन्दै स्थायी रुपमा नै खानेपानी समस्या समाधान गर्न प्राथमिकताका साथ योजना बनाइरहेको बताएका हुन्।

Hardik ivf

उनले बजेट बन्ने क्रममा रहेकाले नगरपालिकाले बनाएको योजनामा सङ्घीय खानेपानी मन्त्रालयबाट सहयोग गर्न तत्पर रहेको मन्त्री राईले बताए। उनले जनप्रतिनिधि शासक नभई सेवक भएर जनताका पक्षमा काम गर्नुपर्ने बताए।

उनले नागरिकलाई स्वच्छ पिउन पानीको व्यवस्था गर्न सङ्घीय सरकारले योजना बनाइरहेको जिकिर गरे। मन्त्री राईले आर्थिक बिकासलाई तीव्रताका साथ अघि बढाउन नयाँ सरकारले काम गरिरहेको पनि बताए।

त्यस्तै एमाले सांसद गोकुल बास्कोटाले बनेपामा करिडोर, फिल्म सिटी, विश्वविद्यालय निर्माणले गति लिनु पर्ने बताए। काभ्रे भ्याली एकिकृत खानेपानीको कार्य सम्पन्न हुनै लाग्दा निर्माण ब्यवसायीले अटेर गरेर मुद्दा राखेको, लगानीकर्ता एडिबी भागेको, सरकारले हात झिकेको उनले बताए।

त्यस्तै बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले बनेपा नगरपालिकाले गरिरहेका विविध कार्यहरुका बारेमा जानकारी गराउँदै नागरिकहरुका आधारभुत आवश्यकताहरु पुरा गर्न जनप्रतिनिधिहरु कृयाशिल रहेको जानकारी गराए।

कार्यक्रममा बनेपा नगरपालिकामा कार्यरत रही सेवा प्रदान गरेका कर्मचारीलाई विभिन्न पदकका साथ सम्मान गरिएको थियो। 

प्रकाशित मिति: १७:५८ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्