Kathmandu Press

महामन्त्री थापाको माघ २३ मा स्थगित ‘संवाद यात्रा’ भाेलिबाट फेरि हुँदै

महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा सुरु गर्न लागेका हुन्। 
महामन्त्री थापाको माघ २३ मा स्थगित ‘संवाद यात्रा’ भाेलिबाट फेरि हुँदै

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन्। महामन्त्री थापाले संवाद यात्राको तालिका सार्वजनिक गर्दै नवलपरासीको गोपीगञ्जबाट यात्रा सुरु गर्न लागेका हुन्। 

गत माघ २३ मा स्थगित भएको संवाद यात्रा बिहीबार १५ चैत बाट सुरु गर्न लागिएको थापाको सचिवालयले जनाएको छ। ‘पहिला बिबिध कारणवस स्थगित ‘समुदायमा कांग्रेस अभियान’ अन्तर्गत संवाद यात्रामा महामन्त्री गगन कुमार थापाज्यू चैत्र १५, १६ र १७ गते नवलपरासी, रूपन्देही, कपिलवस्तु, दाड र  बाँके जिल्लाका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाले उत्त कार्यक्रममा सहभागिताका लागि सम्बन्धित जिल्लावासी सबैमा हार्दिक अनुरोध गर्दछौ,’ सचिवालयले एक सूचना जारी गर्दै जनाएको छ। 

Hardik ivf

१३ माघबाट झापाबाट सुरु भएको संवाद यात्रा कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधन पछि स्थगित गरिएको थियो। १३ माघ देखि २६ माघसम्म हुलाकी राजमार्गले छोएका जिल्लामा संवाद गर्ने गरी यात्रा तय भएको थियो।

पार्टीले १६ माघदेखि १० दिनका लागि ‘समुदायमा कांग्रेस’ अभियान देशभर गर्ने गरी कार्यक्रम बनाएको थियो। पार्टीका शीर्ष नेतालाई सात प्रदेश र केन्द्रीय नेताहरुलाई जिल्लामा प्रतिनिधि खटाएर अभियान चलाइएको थियो। बुढाथोकीको मृत्युपछि रोकिएको ‘समुदायमा कांग्रेस’ अभियानलाई निरन्तरता दिनेबारे भने पार्टीले निर्णय गरिसकेको छैन। महामन्त्री थापाले अलग्गै अभियान थालेपछि पार्टीभित्र उनको आलोचना समेत भएको थियो। 
 

प्रकाशित मिति: १७:३१ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्