Kathmandu Press

पूर्वडिआइजी रमेश खरेलद्वारा रास्वपा परित्याग

बारा-२ मा रास्वपाबाट उपचुनाव लडेका उनी जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवसँग पराजित भएका थिए। उनी त्यसअघि भएकाे आम निर्वाचन २०७९ मा काठमाडौं-१ मा चुनाव लडेर पराजित भएका थिए। 
पूर्वडिआइजी रमेश खरेलद्वारा रास्वपा परित्याग
Hardik ivf

काठमाडौं, चैत १४ : पूर्वडिआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेका छन्। उनी गत वैशाख १० मा भएको उपचुनावमा रास्वपासँग जोडिएका उनले बुधबार राजीनामा बुझाएकाे बताइएकाे छ।

बारा-२ मा रास्वपाबाट उपचुनाव लडेका उनी जनता समाजवादी पार्टी (जसपा) का उपेन्द्र यादवसँग पराजित भएका थिए। उनी त्यसअघि भएकाे आम निर्वाचन २०७९ मा काठमाडौं-१ मा चुनाव लडेर पराजित भएका थिए। 

खरेल रास्वपामा भूमिकाविहीन थिए।  पार्टी सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाएपछि उनलाई लिएर स्पष्टीकरण सोधिएको थियो। उनले स्पष्टीकरण सट्टा राजीनामा नै दिएको बताएकाे जनाइएकाे छ।

प्रकाशित मिति: १७:०० बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्