विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई छैन : रक्षामन्त्री
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा मन्त्री उप्रेतीले सेना वा कसैलाई पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट नभएको बताएका हुन्।
काठमाडाैं, चैत १४ : रक्षामन्त्री हरि प्रसाद उप्रेतीले विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट कसैलाई नभएको बताएका छन्।
बुधबार सिंहदरबारमा बसेको राज्य व्यवस्था समिति बैठकमा मन्त्री उप्रेतीले सेना वा कसैलाई पनि विकास निर्माणमा ढिलासुस्ती गर्ने छुट नभएको बताएका हुन्।
उनले नदीजन्य वस्तुको अभावले फास्ट ट्रयाक बनाउन ढिलाइ भएको पाइएकाले सेना आफले क्रसर राखेर काम गर्न भनेको पनि धारणा राखे।
फास्ट ट्रयाकलाई तोकिएको समयमा नै सम्पन्न गर्न फास्ट रुल बनाउन जरुरी रहेकाले आफुले यसको तयारी गरिरहेको उनले बताए।
मन्त्री उप्रेतीले सेनाले गरेको हर कामको अनुगमन र निरिक्षण गर्ने र ढिलाईको कारण पत्ता लगाउने दाबी गरे। उनले देश बनाउने संकल्प सवैले गरे मुलुक बन्न कसैले रोक्न नसक्ने जिकिर गरे।
प्रकाशित मिति: १६:४० बजे, बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1782735246.jpeg)
