कार्यक्षेत्रबाहिर गएर समिति बैठकको एजेन्डा बनाइएको भन्दै पृथ्वी सुब्बा गुरुङकाे आपत्ति
एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईलाई अत्याधुनिक हतियार दिने काम स्वभाविक नभएको भन्दै हतियार राख्न दिने नीतिलाई नै परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताए।---frame-at-5m37s-1711536372.jpg)
काठमाडाैं, चैत १४ : एमाले सांसद पृथ्वी सुब्बा गुरुङले अधिकार र कार्यक्षेत्रभन्दा बाहिर गएर बैठकको एजेन्डा बनाइएको भन्दै आपत्ति जनाए। उनले सहकारी प्रकरणमा जीबी राईलाई समात्न नसकिएको कारणबारे जानकारी माग गरे।
उनले प्रधानमन्त्रीके कार्यालय, गृह मन्त्रालय, संघीय मामिला मन्त्रालय, मानवअधिकार आयोग, रक्षा मन्त्रालय, अख्तियार दुरूपयेग अनुसन्धान आयोग, रक्षा मन्त्रालय, निर्वाचन आयोग भएके बताए। जताके जे पनि विषय ल्याउन नपाइने भन्दै उनले सभापतिके बैठक राख्ने तरकिाप्रति उनले आपत्ति जनाएक हुन्। जीबी राई कहाँ पुगेका छन् भन्ने प्रश्नको उत्तर आफूहरूले खोजेको उनले बताए। उनले राई मलेसियामा रहेको, नेपाल प्रहरीले समात्न नसकेपछि इन्टरपोलमा सूचना गरेको विषय के भयो भनी उनले प्रश्न गरे।
त्यस्तै एमालेका सांसद रघुजी पन्तले दुर्गा प्रसाईलाई अत्याधुनिक हतियार दिने काम स्वभाविक नभएको भन्दै हतियार राख्न दिने नीतिलाई नै परिमार्जन गर्नुपर्ने अवस्था देखिएको बताए। उनले देशभरमा कतिलाई हतियार दिएको छ र त्यसले समाजमा पारेको असरलाई पनि प्रशासनले ध्यान दिनुपर्ने जिकिर गरे।
त्यस्तै अन्य सदस्यहरुले देशको सुरक्षा अवस्था, सुरक्षा नीति, विभिन्न प्रकरणको अनुसन्धान लगाएतका विषयमा प्रश्न गरेका थिए ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडूले सहकारी प्रकरणको अनुसन्धानलाई पदबाहिर बसेर सहयोग गर्न गृहमन्त्रीलाई सुझाव दिएका छन्।
सिंहदरबारमा बुधबार बसेको राज्य व्यवस्था समिति बैठकमा उनले सहकारी प्रकरणको निष्पक्ष र विश्वसनिय रुपमा अनुसन्धान गर्नका लागि पदबाहिर बसेर सहयोग गर्न गृहमन्त्रीलाइ सुझाव दिएका हुन्। उनले सहकारी प्रकरणमा मुछिएका आरोपीहरू अझै पक्राउ गर्न नसक्नुको कारण जान्न पाउनुपर्ने धारणा राखे।
सुनतस्करी प्रकरणको प्रतिवेदन सार्वजनिक भए अनुसन्धानमा भइरहेका विषयलाई बुझ्न सहज हुने उनले बताए। त्यस्तै उनले बाँसबारी छालाजुत्ता प्रकरणमा कांग्रेस सांसद विनोद चौधरीलाई लिएको बयानको प्रक्रियाप्रति पनि आपत्ति जनाए।










-1782735246.jpeg)
