Kathmandu Press

कोरोनाविरुद्ध सतर्कता अपनाउन प्रचण्डको अपिल

काठमाडौं, चैत ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सतर्....

कोरोनाविरुद्ध सतर्कता अपनाउन प्रचण्डको अपिल

काठमाडौं, चैत ९ : नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी महामारीका रुपमा देखापरेको कोरोना भाइरसको संक्रमण रोकथामका लागि सतर्कता अपनाउन अपिल गरेका छन्।

आइतबार बिहान अपिल जारी गर्दै उनले कोरोना भाइरसको संक्रमणबाट बच्न सावधानी र चेतना अभिवृद्धि गर्नका लागि एकजुट हुन सबैलाई आग्रह गरेका हुन्। सरकारले लिएका नीतिगत र व्यवहारिक निर्णयलाई दृढतापूर्वक पालना गर्न सबैलाई अपिल गरेका छन्।

कोरोना भाइरसको संक्रमण रोक्ने तयारीका लागि आवश्यक औषधि, उपकरण र दैनिक उपभोग्य वस्तुहरुको आपूर्ति व्यवस्थालाई सहज तुल्याउन आफ्नो पहल बढाउन सरकारसँग आग्रह गर्दै राष्ट्रिय एकता र उच्च मनोबलका साथ यसको सामना गर्न सबैमा अनुरोध गरेका छन्।

प्रकाशित मिति: ११:२९ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्