Kathmandu Press

एक करोड भ्रष्टाचारको अभियोगमा पूर्व नगरप्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड आठ लाख रुपैयाँ भ्रष्टाचारको बिगो कायम गर्दै पासवान र मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
एक करोड भ्रष्टाचारको अभियोगमा पूर्व नगरप्रमुखसहित पाँचजनाविरुद्ध मुद्दा 

काठमाडौं, चैत १४ : सिराहाको कर्जन्हा नगरपालिकाकाका तत्कालीन नगर प्रमुख गंगा पासमान र तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत जगदीश मण्डलमाथि भ्रष्टाचारको अभियोग लगाइएको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड आठ लाख रुपैयाँ भ्रष्टाचारको बिगो कायम गर्दै पासवान र मण्डलसहित ५ जनाविरुद्ध बुधबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

Hardik ivf

आर्थिक वर्ष २०७८/७९ मा प्रशासनिक भवन निर्माणको लागि भएको ठेक्कामा अनियमितता गरेको उजुरीमाथि अख्तियारबाट छानविन हुँदा भ्रष्टाचार देखिएको हो।

अख्तियारले कानुनले तोकेको मापदण्ड विपरीत स्थानीय तहको केन्द्र परिवर्तन नहुँदै प्रशासनिक भवन बनाउनको लागि बोलपत्र आह्वान गरिएको दाबी गरेको छ। 

नगर प्रमुख पासवान लगायतविरुद्ध सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गराउने कार्य भएको भन्दै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कैद र बिगो बमोजिम जरिवाना गर्न अख्तियारको मागदाबी छ। 
 
प्रकाशित मिति: १५:१८ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्