Kathmandu Press

प्रहरी प्रमुख भन्छन्- महरा भाग्ने आशंका भएपछि पक्राउ गरिएको हाे 

‘कृष्णबहादुर महराको केसमा हामीलाई सहयोग नगर्ने हो कि भन्ने आभास भएका कारण पक्राउ गरेर ल्याएका हौँ। पीएअसओ र गाडी छाडेर हिँडेको थाहा भएपछि पक्राउ गरेका हौं।’
प्रहरी प्रमुख भन्छन्- महरा भाग्ने आशंका भएपछि पक्राउ गरिएको हाे 
Hardik ivfHardik ivf

काठमाडौं, चैत १४ : प्रहरी महानिरीक्षक वसन्त कुँवरले संसदीय समितिमा जवाफ दिनेक्रममा माओवादी उपाध्यक्ष एवम् पूर्व सभामुख कृष्णबहादुर महरा भाग्ने आशंका भएपछि पक्राउ गरिएको बताएका छन्। 

प्रहरी प्रमुख कुँवरलाई महरा र नेपाली कांग्रेसका सांसद एवम् उद्दोगी विनोद चौधरीको बिषयमा जवाफका लागि संसदीय समितिमा डाकिएको थियो।

प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबार बसेको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रहरी प्रमुख कुँवरले भने, ‘कृष्णबहादुर महराको केसमा हामीलाई सहयोग नगर्ने हो कि भन्ने आभास भएका कारण पक्राउ गरेर ल्याएका हौँ। पीएअसओ र गाडी छाडेर हिँडेको थाहा भएपछि पक्राउ गरेका हौं।’ 

कुँवरले कसैको दबाब र प्रभावले नछाडिएको पनि बताए। अदालतको आदेशका आधारमा स्वास्थ्य अवस्था हेरेर हाजिरी जमानीमा छाडिएको पनि उनले प्रश्ट्याए।

यस्तै चौधरीका बिषयमा सांसदसमेत भएकाले संसद सचिवालयलाई जानकारी दिइएको पनि बताए। सरकारी वकिलकै कार्यालयमा बयान गराउँदा एक दिनमा मात्र हुने भएकाले पक्राउ पुर्जी जारी नभएको समेत स्पष्ट पारे। 

प्रकाशित मिति: १५:१७ बजे, बुधबार, चैत १४, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्