Kathmandu Press

‘सहकारीमा मेरो नामबाहेक केही छैन, केवाइसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले 'ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको हो कि होइन?' भन्दै १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने कुरा आएको विषयमा प्रश्न उठाएपछि त्यस्ताे जवाफ दिइएकाे हाे।
‘सहकारीमा मेरो नामबाहेक केही छैन, केवाइसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन’

काठमाडौं, चैत १४ : उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको अनियमिततामा संलग्नता नरहेकाे जिकिर गरेका छन्। बुधबार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले सहकारीमा आफ्नो नाम बाहेक केही नभएको बताए।

नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले 'ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको हो कि होइन?' भन्दै १ करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने कुरा आएको विषयमा प्रश्न उठाएपछि त्यस्ताे जवाफ दिइएकाे हाे।

Hardik ivf

‘सहकारीमा जहाँ मेरो नाम छ भनिएको छ, नामबाहेक केही छैन। केवाइसी भरेको छैन, निवेदन दिएको छैन, ल्याप्चे छैन,’ उनले भने, सुनिएअनुसार मुद्दा अदालतमा दर्ता भएको छ, म प्रतिवादी छैन। बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन।’ मुद्दालाई कुनै पनि प्रभाव पार्ने काम नगर्ने प्रतिबद्धता पिन उनले व्यक्त गरे।

आफू सरकारमा आउनुभन्दा पहिला नै कांग्रेस संलग्न सरकार भएको बेला आफ्नो नाम उल्लेख भएको पूरक जाहेरीलाई प्रहरीले सूचनाका रूपमा लिएको उनले बताए । उनले भने, ‘न त मेरो मतदाताले जवाफ खोज्छन्। मन्त्रीले अनुसन्धान गर्ने होइन। प्रहरीले गर्ने हो। म सरकारमा नआउनुअघिकै विषय हो। एउटा आशा र अपेक्षा पनि छ भन्नुभएको छ।’

प्रकाशित मिति: १५:०२ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्