Kathmandu Press

रास्वपाभन्दा स्पष्ट अडान भएको पार्टी अहिले नेपालमा अरू छैन : स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताए। 
रास्वपाभन्दा स्पष्ट अडान भएको पार्टी अहिले नेपालमा अरू छैन : स्वर्णिम वाग्ले

काठमाडौं, चैत १४ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले जलेश्वर बैठकपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जस्तो स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा नभएको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा आयोजित कर्णाली विशेष अभियान कार्यक्रममा उनले जलेश्वर बैठकको प्रस्ताव तयार भएपछि रास्वपाको कित्ताकाटबारे कुनै दुविधा नरहेको भन्दै पार्टीको धारणा स्पष्ट भएको बताए। 

Hardik ivf

उनले भने, ‘नीति र विचारका कुराहरु महत्वपूर्ण छ। जलेश्वर बैठकअगाडि हामीमाथि आलोचना हुने गर्दथ्यो। विचार नभएको, दर्शन नभएको र पिपलपाते पार्टी भन्ने गरिन्थ्यो। यता जनमत आयो भने यतातिर ढल्कने, होईन भने उतै ढल्कने भनिएको थियो। जलेश्वर बैठकको प्रस्ताव तयार गरिसकेपछि कसैले अब रास्वपाको कित्ता कता हो भनेर कुनै दुबिधा रहने छैन। हामीभन्दा स्पष्ट अडान भएको पार्टी अर्को अहिले नेपालमा छैन जस्तो लाग्छ।’ 

यस्तै, उनले बैठकपछि नेतृत्व र संगठनको बारेमा कसैले चुनौती दिन नसक्ने आधार तयार भएको भन्दै त्यसको जगमा टेकेर अगाडि बढ्नुपर्ने बताए। 

उनले भने, ‘आर्थिक, सामाजिक मोडेलको विषय र त्योसँग राजनीतिक दर्शन पनि अन्तरनीहित भएर आएको छ। राजतन्त्र र गणतन्त्रको विषयमा, संवैधानिक समाजवादको विषयमा एउटा बहुलवादी लोकतन्त्रवादी संस्थाको विषयमा स्पष्टताका साथ हामी बोलेका छौ। संविधानभित्र नै रहेर बोलेका छौ र सुधार गर्ने भनेका छौ। त्यसमा टेकेर अगाडि बढ्ने छौ।’ 
 
प्रकाशित मिति: १४:१३ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्