Kathmandu Press

राज्य व्यवस्था समितिमा पनि मागियो गृहमन्त्रीको राजीनामा

सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेको नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाब दिएका हुन्।
राज्य व्यवस्था समितिमा पनि मागियो गृहमन्त्रीको राजीनामा

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सहकारी प्रकरणमा  निष्पक्ष रूपमा छानबिनका लागि गृहमन्त्री रवि लामिछानेको राजिनामा मागेका छन्। 

सहकारीको रकम हिनामिना प्रकरणमा लामिछानेको नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाब दिएका हुन्।

Hardik ivf

बडुले छानबिनको निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्न स्वेच्छिक रूपमा जिम्मेवारीबाट बाहिरिनुपर्ने बताए। उनले सहकारी प्रकरणमा समातिएका आरोपीको जानकारी माग गर्दै छानबिन प्रक्रियाबारे प्रश्ट पार्नुपर्ने माग पनि गरे। 

समिति बैठकमा बडुले भने, ‘ग्यालेक्सी टेलिभिजनमा १० करोड रुपैयाँ आएको हो कि होइन ? एक करोड रुपैयाँ रवि लामिछानेको नाममा जम्मा भएको भन्ने आयो। यदि यो उहाँ नै हो भने छानबिनको निष्पक्षता र विश्वसनीयतालाई अझ सुनिश्चित गर्नका निमित्त गृहमन्त्रीज्यूले छानबिन नसकिदाँसम्म म जिम्मेवारीबाट बाहिरिन्छु भनेर गर्दा हुन्थ्यो भन्ने हाम्रो अपेक्षा हो। त्यो भइदियो भने छानबिन निष्पक्ष र विश्वसनीय हुन्छ। अहिलेको आवश्यकता नै त्यति हो।’
 

प्रकाशित मिति: १३:५६ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्