Kathmandu Press

सुन तस्करीको रिपोर्ट सार्वजनिक गर्न बडुको माग 

‘सुन तश्करी अनुसन्धनको रिपोर्टमा के थियो सार्वजनिक भएको छैन। त्यो रिपोर्ट सार्वजनिक भएपछि एउटा अवस्था तय हुने छ,’ बडुले भने छानविन समितिको रिपोर्ट तत्काल सार्वजनिक गरियोस्।’
सुन तस्करीको रिपोर्ट सार्वजनिक गर्न बडुको माग 

काठमाडौं, चैत १४ : नेपाली कांग्रेसका सांसद एवम् नेता दिलेन्द्र प्रसाद बडुले सुन तस्करी प्रकरण सम्बन्धि छानबिन समितिको रिपोर्ट सार्वजनिक गर्न माग गरेका छन्। 

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा बडुले उक्त माग राखेका हुन्। ‘सुन तश्करी अनुसन्धनको रिपोर्टमा के थियो सार्वजनिक भएको छैन। त्यो रिपोर्ट सार्वजनिक भएपछि एउटा अवस्था तय हुने छ,’ बडुले भने छानविन समितिको रिपोर्ट तत्काल सार्वजनिक गरियोस्।’ उनले आफ्ना सांसद बिनोद चौधरीमाथि छानविन भएको विषयमा पनि प्रश्न उठाएका छन्। 

Hardik ivf

सांसद बडुले भने, ‘संघीय सांसदमाथि छानबिन हुँदैछ भन्ने चिट्ठी सभामुखलाई दिइएको भन्ने आयो। यो कुन नियम र कानुनबाट गराइयो? संविधानमा व्यवस्था नभएको कुरा अनुसार कसैमाथि छानबिन हुँदैछ भनेर किन जानकारी गराइएको हो? किन यो चिट्ठी लेख्ने काम भयो? के मिनिङ हो यसको?’ बडुले सहकारी मुद्दामा फरार व्यक्तिहरुलाई सार्वजनिक गर्नुपर्ने पनि बताए। बडुले भने, ‘छापामा आए अनुसार, केही सहकारीको रकम अन्य प्रयोजनका लागि ग्यालेक्सी टिभीमा १० करोड आउन हुन्थ्यो कि हुदैनथ्यो? रवी लामिछानेको नाममा पनि त्यो रकम आएको भन्ने छ। हाम्रा गृहमन्त्रीसँग नाममात्र मिलेको हो कि के हो?’ 

बडुले जतिसुकै पहुँचवाला नेता भएपनि छानबिनको दायरामा आउनु पर्ने बताउँदै सरकारले त्यसको सुनिश्चितता गर्नुपर्ने भनाई राखे। 

प्रकाशित मिति: १३:१३ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्