Kathmandu Press

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

काभ्रे, चैत ९ : बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बनेपा....

मिनीट्रकले ठक्कर दिँदा बाबुछोराको मृत्यु

काभ्रे, चैत ९ : बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।

बनेपाबाट साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए। आज बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार तीन जना घाइते भएका थिए।

उनीहरूमध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले बताए।

उनका अनुसार बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा उदयपुरको रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनका पाँच  वर्षीय छोरा सुबिनको मृत्यु भएको छ।

दुर्घटनामा सुनिता श्रेष्ठ घाइते भएकी छन्। मानबहादुरले चलाएको मोटरसाइकलमा उनकी पत्नी सुनिता र छोरा सुविन सवार थिए। सुनिताको उपचार भइरहेको प्रहरीले जनाएको छ।

मोटरसाइकललाई ठक्कर दिने मिनीट्रकका चालक रामेछापको खाँडादेवी गाउँपालिका–७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति: १०:४४ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्