Kathmandu Press

सुन तस्करीकाे आरोपमा थप दुई जना पक्राउ

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको जनाइएकाे छ।
सुन तस्करीकाे आरोपमा थप दुई जना पक्राउ

काठमाडौं, चैत १४ : सुन तस्करीकाे आरोपमा थप दुई जना पक्राउ परेका छन्।

रसुवाको केरुङ नाका हुँदै काठमाडौं ल्याएको आरोपमा सुनसरीको इटहरी उपमहानगरपालिका-११ का २६ वर्षीय सुदीप विक र गोरखाको चुमनुब्री गाउँपालिका-६ का ३९ वर्षीय सोनाम दोर्जे लामा रहेकाे प्रहरीले जनाएकाे छ।

Hardik ivf

भन्सार छलेर रसुवाको केरुङ नाका हुँदै ल्याएको १२८.७ ग्राम सुन उनीहरुबाट बरामद भएको जनाइएकाे छ।

उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार साँझ काठमाडौंकाे नरदेवीबाट पक्राउ गरेको हो।दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रकरीकाे भनाइ छ।

प्रकाशित मिति: १२:४० बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्