Kathmandu Press

दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न गृह प्रशासनकाे ध्यानाकर्षण

मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानविन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन्। 
दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानबिन गर्न गृह प्रशासनकाे ध्यानाकर्षण

काठमाडौं, चैत १४ : नेकपा एमालेका सांसद रघुजी पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन्। 

बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारको लाइसेन्स दिने प्रावधान नभएको भन्दै छानबिन गर्न गृह प्रशासनको ध्यानाकर्षण गराएका हुन्। 

Hardik ivf

उनले भने, ‘दुर्गा प्रसाईंका सुरक्षा गार्डले बोकेको हतियारका लागि लाइसेन्स दिने प्रावधान छ कि छैन ? संसारमा निहत्था नागरिकको हत्याका घटनाहरुलाई ध्यानमा राखेर हाम्रो सुरक्षा व्यवस्था कडा बनाउनुपर्छ। यस्ता हतियारहरु कति जनालाई दिइएको छ ? कति हजारको संख्यामा छ।  त्यस्ता हतियार फिर्ता दिने विषयलाई गृहले कति गम्भीर रुपमा लिएको छ ?’

सांसद पन्तले प्रसाईंलाई दिइएको हतियारको प्रकार हेर्दा हतियारको लाइसेन्स जारी गर्ने नीतिमाथि पुर्नविचार गर्नुपर्ने उल्लेख गरे। 
कुनैपनि नागरिकले आफ्नो सुरक्षाका लागि हतियार बोक्नुपर्ने अवस्था नहुनेगरि गृह मन्त्रालयले सुरक्षा प्रबन्ध गर्नुपर्ने पन्तको भनाइ छ। 
 

प्रकाशित मिति: १२:३० बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्