Kathmandu Press

बाल्टिमोर पुल दुर्घटना : बेपत्ता ६ कामदारको मृत्युको अनुमान

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्। दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए। 
बाल्टिमोर पुल दुर्घटना : बेपत्ता ६ कामदारको मृत्युको अनुमान

बाल्टिमोर, चैत १४ : अमेरिकी राज्य मेरिल्याण्डको बाल्टिमोर सहरमा जहाज ठोक्किएपछि भएको पुल दुर्घटनाको उद्धार कार्य अहिले रोकिएको छ।

अमेरिकी कोस्ट गार्ड अधिकारीहरूले बेपत्ता छ जना कामदारको मृत्यु भएको अनुमान गरेका छन्। दुर्घटना हुँदा सबैजना पुलको खाल्डो भर्ने काममा व्यस्त रहेको र जहाज पुलमा ठोक्किएपछि पानीमा खसेका थिए। 

उनीहरु सबै बेपत्ता छन् र अवस्था हेर्दा उनीहरु जिवितै नहुने अनुमान गरिएको छ। अमेरिकी कोस्ट गार्डका अधिकारीहरूले समय बित्दै जाँदा उद्धार कार्य झनै कठिन हुँदै गएको बताएका छन्। 

पानीको तापक्रम र तैरिरहेको भग्नावशेषका कारण उद्धार प्रक्रिया निकै चुनौतीपूर्ण भएको एक अधिकारीले बताए। सिंगापुरको एउटा जहाज ‘फ्रान्सिस स्कट की ब्रिज’सँग ठोक्किएको थियो। स्थानीय समय अनुसार मंगलबार बिहान १ः३० बजे भएको घटनामा पुलको ठुलो भाग भत्किएको हो।  
 
प्रकाशित मिति: १२:२२ बजे, बुधबार, चैत १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्