इलाम र बझाङमा माओवादी केन्द्रले उम्मेदवारी दिने
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
काठमाडौं, चैत १४ : नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं १ मा उम्मेदवारी दिने निर्णय गरेको छ।
बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित बसेको पार्टी पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए।
उनले भने, ‘आजको पार्टी पदाधिकारी बैठकले इलाम–२ र बझाङ–१ (१)मा पनि आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको छ। व्याक्तिको बारेमा निर्णय गर्न सिफारिस आएको छ। अर्को बैठकमा टुंगो लाग्छ।’
प्रकाशित मिति: १२:११ बजे, बुधबार, चैत १४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1782735246.jpeg)