Kathmandu Press

नेकपा एसद्वारा प्रगति विवरण पठाउन निर्देशन

पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो।
नेकपा एसद्वारा प्रगति विवरण पठाउन निर्देशन

काठमाडौं, चैत १४ : नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले मातहतका सबै जिल्ला कमिटीलाई साङ्गठनिक गतिविधिको कार्य प्रगतिबारे प्रतिवेदन यही चैत मसान्तभित्र केन्द्रमा पठाउन निर्देशन दिएको छ। 

काठमाडौँ जिल्ला कमिटीले यही चैत १७ गतेसम्म वडा कमिटीका सबै राजनीतिक गतिविधि सम्पन्न गर्ने भएको छ। पार्टीको आगामी राष्ट्रिय महाधिवेशनको तयारी पूरा गर्न कमिटीले महाधिवेशन केन्द्रित अभियान सञ्चालन गरेका राजनीतिक कार्यक्रम, सङ्गठन सुदृढीकरण तथा सदस्य विस्तार, प्रशिक्षणलगायत कार्य प्रगतिको विवरण माग गरिएको हो।

Hardik ivf

सबै कमिटीले सदस्यता वितरण, नवीकरण गर्ने, नयाँ सदस्यता थपेको विवरण अद्यावधिक गरी प्रतिवेदन केन्द्रमा पठाएपछि महाधिवेशन प्रतिनिधि छनोटका कार्य गरिनेछ। आगामी वैशाख अन्तिम साताभित्र प्रतिनिधि चयन गरिने जनाइएको छ।

महाधिवेशन दस्तावेज लेखन समितिले राजनीतिक प्रतिवेदनमा छलफल सम्पन्न गरेको छ। वामपन्थी शक्तिबीचको कार्यगत एकतालाई पनि प्राथमिकतामा राखिएको उक्त प्रतिवेदनमा पछिल्लो विकसित राजनीतिक अवस्था, समसामयिक विषयवस्तु, अन्तर्राष्ट्रिय घटनाक्रमको समेत समीक्षा गरिएको छ।

समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनमा छलफल सकेपछि ती सबै प्रतिवेदनलाई एउटै दस्तावेज बनाएर महाधिवेशनमा लैजाने केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो। महाधिवेशन केन्द्रित अभियान देशभर सञ्चालन गरेको सो पार्टीले सङ्गठन सुदृढीकरण तथा विस्तार कार्य जारी राखेको छ। 

पार्टीले आगामी जेठ ३ देखि ७ गतेसम्म काठमाडौँमा गर्न लागेको राष्ट्रिय महाधिवेशनका लागि पार्टीले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा १०औँ महाधिवेशन मूल व्यवस्थापन कमिटी तथा अन्य १३ कमिटी गठन गरिसकेको छ। 

प्रकाशित मिति: १२:०६ बजे, बुधबार, चैत १४, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्