Kathmandu Press

अमेरिकामा कोरोनाले एकै दिन साढे दुई हजार बिरामी

काठमाडौं, चैत ९ : चीनपछि इटालीसँगै अमेरिकामा पनि कोरोना भाइरस संक्रमण तीव्र देखिएकाे छ। अमेरिकामा एकै दिन साढे दुई हजारभन्दा बढी बिरामी भेटिएका छन्।

अमेरिकामा कोरोनाले एकै दिन साढे दुई हजार बिरामी

काठमाडौं, चैत ९ : चीनपछि इटालीसँगै अमेरिकामा पनि कोरोना भाइरस संक्रमण तीव्र देखिएकाे छ। अमेरिकामा एकै दिन साढे दुई हजारभन्दा बढी बिरामी भेटिएका छन्।

आइरतबार बिहानसम्म अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट २६ हजार आठ सय ६३ जना बिरामी परेका छन्। त्यसमध्ये गत २४ घन्टामा दुई हजार ६ सय ५६ नयाँ बिरामी देखिएका हुन्।

त्यस्तै, कोरोना भाइरसबाट अमेरिकामा तीन सय ४८ जनाले ज्यान गुमाएका छन्। गत २४ घन्टामा मात्रै ४६ जनाको ज्यान गएको छ। अझै ६४ जना गम्भीर रहेको जनाएको छ।

कोरोना भाइरसको सबैभन्दा बढी असर चीनमा परेको छ। चीनमा आइतबार बिहानसम्म ८१ हजार ५४ बिरामी भेटिएका छन्। जसमध्ये तीन हजार दुई सय ६१ जनाको मृत्यु भएको छ। अझै एक हजार आठ सय ४५ जना गम्भीर रहेका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी इटालीमा ज्यान गएको छ। इटालीमा चीनमाभन्दा बढीको मृत्यु भएको हो। आइतबार बिहानसम्म चार हजार आठ सय २५ जनाको मृत्यु भएको जनाएको छ। अझै दुई हजार आठ सय ५७ गम्भीर रहेका छन्।

इटालीमा बिरामीको संख्या पनि अत्यधिक बढेको छ। आज बिहानसम्म ५३ हजार आठ सय ५२ जना बिरामी परेका छन्। त्यसमध्ये ६ हजार ७२ जना मात्रै निको भएर घर फर्केका छन्।

त्यस्तै, स्पेनमा पनि कोरोना भाइरसको संक्रमण भयावह देखिएको छ। २५ हजार चार सय ९६ जना बिरामीमध्ये एक हजार तीन सय ८१ जनाको मृत्यु भएको छ। अझै एक हजार ६ सय १२ जना गम्भीर रहेको जनाएको छ।

जर्मनीले भने कोरोना भाइरसलाई नियन्त्रणमा राखेको छ। त्यहाँ संक्रमण देखिएका २२ हजार तीन सय ६४ जनामध्ये ८४ जनाले मात्रै ज्यान गुमाएका छन्। र, दुई जना मात्रै गम्भीर रहेका छन्। अन्यको उपचार भइरहेको जनाएको छ।

त्यस्तै, छिमेकी देश भारतमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार बिहानसम्म तीन सय ३२ जनामा संक्रमण देखिएको छ। जसमा पाँच जनाले ज्यान गुमाएका छन्।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण आइतबार बिहानसम्म संसारका एक सय ८८ देशमा फैलिएको छ। तीन लाख आठ हजार दुई सय ३१ जना बिरामी भएका छन् भने १३ हजार ६७ जनाले ज्यान गुमाएका छन्। बिरामीमध्ये ९५ हजार आठ सय २६ जना निको भएर घर फर्केका छन्। अन्य बिरामीको उपचार भइरहेको छ।

प्रकाशित मिति: १०:२७ बजे, आइतबार, चैत ९, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्